रामनाथ यादव
राजविराज ,२० पुस ।
सप्तरीको तिलाठी काेइलाडी ७ स्थित राष्ट्रिय हरिहर हरिनारायण प्राथमिक विद्यालय सडेपारमा शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । डा. सराेज कुमारले आफ्नै गाउँमा पहिलोपटक नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।
हाडजोर्नी रोग विशेषज्ञ डा. सरोजले ४५ जनाको स्वास्थ्य जाँच गरेकाे स्थानीयले जनाएको छ । शिविरमा निःशुल्क हाडजोर्नी तथा नशा, पेट, छाती, प्रेसर, लगायतका विरामीलाई उपचार गरिएको विद्यालयका प्रधानाध्यापक अरुण कुमार यादवले जानकारी दिए ।
प्रधानाध्यापक यादवका अनुसार डा . सरोजले जाँचपछि स्वास्थ्य सम्वन्धि परामर्श पनि दिएको थियोे । विशेषगरी शिविरमा वृद्ववृद्वाहरुलाई र अशक्तलाई उपचारमा प्राथमिकता दिएकाे उनले वताए ।
गाउँमा राम्रो स्वास्थ्य केन्द्र ,स्वास्थ्यकर्मी नहुँदा गाउँका गरिव , दलित ,असहाय लगायतले सामान्य रोग भए शहरमा गएर महँगो उपचार गर्नुपर्ने सहज नभएको उनलेे वताए । उनले समय-समयमा गाउँमा स्वास्थ्य सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय समेत रहेका डा . सरोजले गाउँमा स्वास्थ उपचार गराउन सहजताका लागि विशेष उपचारका लागि आवश्यक उपकरण तथा स्वास्थ्य साधन स्रोत उपलब्ध गराउने वताए ।