न्यूज टुडे
राजविराज,१९ पुस ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय संसदका उम्मेदवार चयन भएका नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्व सिचाइ मन्त्री उमेश कुमार यादवले आफू पदमा आसीन हुँदा जिल्लाका लागि गरेको योगदानको स्मरण गरेका छन् । आफ्नो फेसबुक आइडीमा शनिबार स्टाटस लेख्दै आफुले जिल्लामा गरेको पूर्वाधार विकास कार्य सार्वजनिक गरेको हो ।
उनले आफ्नो हैसियतले भ्याएसम्म जिल्लाको समग्र विकासमा कमी नगरेको उल्लेख गरेको छ ।
‘बिक्रमसम्वत २०७० मा सप्तरी -३ का जनताले संविधानसभा सदस्यमा निर्वाचित गरेपछि मैले संविधानसभा र ब्यबस्थापिका – संसदमा आफ्नो क्षमताले भ्याएसम्मको भुमिका खेल्ने काम गरेको थिएँ ।निर्वाचित भएपछि निरन्तर जनसम्पर्क गर्दै आएको पनि थिएँ ।, उनले उल्लेख गरेका छन्रा,’राजबिराज सदरमुकामका सडकहरुको जिर्ण अवस्था ,भलुवाही नदि र खाडो नदिले पारिरहेको समस्याको समाधानको लागि गरिएका काम घाम झै छर्लङ्ग छ।’
राजबिराज -कुनौली सडक र एयरपोर्ट सन्चालनका प्रक्रिया ,रिङ्ग रोडको अवधारणा सहित थुप्रै ग्रामीण सडकहरु,बिधालयको भौतिक पुर्वाधार एवम् दलित छात्राबास भवनको निर्माणकार्य अगाडि बढाएको थिएँ ।’ उनले उल्लेख गरेका छन् ।
दलित बस्ती मै दलित समुदायको साथीहरुले निर्वाचन क्षेत्रमा ४५ ठाउँमा विद्यार्थीहरुलाई पढाउने र स्कुल पठाउने कामको शुरुआत गरेको थिएँ । जिल्लाको समग्र बिकासको काम बारेमा सामुहिक धारणा बनाउने र ब्यबस्थापिका – संसदमा सामुहिक ढंगले संघर्ष गर्ने कामको पहिलो बैठक शुरुआत गरेको थिएँ ।’ उनले अगाडि थपेका छन्, ‘स्मशाण होस् की कबर्स्थानको संरक्षण गर्ने शुरुआत गरेको थिएँ ।”
‘समृद्धतराई मधेस सिचाइ बिकास विशेष कार्यक्रम ,तराइ मधेस बाढी ब्यबस्थापन कार्यक्रम ,तराई मधेसको सदरमुकाम बचाउ कार्यक्रम ,लगायत थुप्रै नयाँ कार्यक्रम को प्रारम्भ गरेको इतिहास साक्षी छ। उनले उल्लेख गरेका छन् ।
उनले आफुहरुले जिल्लाबासीको लागि गरेको काम देखाउन नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् ।
‘हामीले गरेको कामको हामीले प्रचार गर्न सकेनौं ।अहिले पनि त्यस मामिलामा हामी चुक्दै गएका छौं ।’ उनले उल्लेख गरेका छन्