• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उज्यालो र रास्वपा एकतापछि सप्तरीमा संयुक्त वनभोज र भेटघाट

उज्यालो र रास्वपा एकतापछि सप्तरीमा संयुक्त वनभोज र भेटघाट
न्यूज टुडे
राजविराज, १८ पुस । 
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी वीच भएको एकीकरण पछि सप्तरीका नेताकार्यकर्ताहरुले संयुक्त वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ ।  सप्तरीको रुपनी गाउँपालिका ६ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल शिव शनी मन्दिरमा बिहिवार बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । 
अंग्रेजी नयाँ बर्ष २०२६ को अवसरमा दुई पार्टी वीच भएको एकीकरण पछि दुबै पार्टीका नेताकार्यकर्ता  वीच पहिलो भेटघाट कार्यक्रम सम्पन्न भएको नेता डा. दिपक चौधरीले बताए । 
भेटघाटलाई सम्बोधन गर्दै डा. चौधरीले  राम्रो र असल नेतृत्वले मात्र देशलाई निसाफ दिन सक्ने भएकोले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी, रास्व्पा र बालेन्द्र शाह एक ठाउँमा उभिएको बताए । उनले बैकल्पिक शक्तिहरुको एकताले जनतामाझ थप उत्साह थपिएकोले सबै मिलेर संगठन निर्माण कार्यमा जुट्नु पर्नेमा उनले जोड दिए । 
दुई पार्टीको एकीकरण पछि शुक्रबार छिन्नमस्ता र  तिलाठी कोइलाडी गाउँपलिकामा पालिका स्तरीय समिति समेत गठन गरिएको नेता डा. चौधरीले जानकारी दिए ।