• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लौनियामा दाउरा वितरण
रामनाथ यादव
राजविराज,१८ पुस ।  
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियामा शुक्रबार दाउरा वितरण गरिएको छ। चिसो तथा शीतलहरबाट राहत प्रदानका लागि आगो ताप्न वडा कार्यालयको सहयोगमा दाउरा वितरण गरिएको हो। 
स्थानीय जनप्रतिनिधि सहितका स्थानीयहरूले ट्रयाक्टरमा दाउरा लिई वडा अन्तर्गतका विभिन्न सार्वजनिक स्थलहरुमा दाउरा वितरण गरेको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक कुमार मण्डलले जानकारी दिए। उनले दाउरा  नपुगेको स्थानमा समेत पुर्‍याउने बताए । 
दाउरा वितरणका लागि वडा नम्बर २ का वढाध्यक्ष कमल कुमार मण्डल,सचिब शशी कुमार मण्डल, वडा सदस्य रामसेवक मण्डल, सुरेन्द्र मण्डल, स्थानीय लक्षमण खंग, राम नरेश साफी, गजेन्द्र मण्डल, महेन्द्र राम, रामप्रसाद साहको सहभागीता थियो ।