• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महासंघद्वारा वरिष्ठ पत्रकार झाको आमाको निधनप्रति दुख व्यक्त 

महासंघद्वारा वरिष्ठ पत्रकार झाको आमाको निधनप्रति दुख व्यक्त 
न्यूज टुडे
राजविराज,१८ पुस । 
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वैद्यनाथ झाको आमाको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ ।  नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ पत्रकार झाकी आमा चन्द्रा देवी झाको निधनप्रति गहिरो दुख व्यक्त गरेको हो । 
सह सचिव डम्बर राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पत्रकार झाको आमाको निधनको खबरले  सम्पुर्ण  महासंघ परिवारलाई नै स्तब्ध तुल्याएको उल्लेख छ ।  विज्ञप्तिमा स्वर्गीय झाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गरिएको छ ।  
राजविराज ७ निवासी  पत्रकार झाकी आमा चन्द्रादेवी झाको  गत पुस १५ गते  मंगलबार साँझ ०५:३० बजे ९५ बर्षको उमेरमा निधन भएको थियो । 
स्वर्गीय झाको १ मात्र छोरा पत्रकार झा र ५ बहिनी छोरी छन् ।