• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीद्वारा विभिन्न मुद्दाका सातजना फरार प्रतिवादी पक्राउ

प्रहरीद्वारा विभिन्न मुद्दाका सातजना फरार प्रतिवादी पक्राउ
न्यूज टुडे
राजविराज, १८ पुस । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रबार विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई पक्राउ गरेको जानकारी गराएको हो । 
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सवारी ज्यान, जालसाजी,वन, कुटपिट तथा लुटपाट मुद्दामा दोषी ठहर भई कैद सजाय र जरिवाना तोकिएको फरार प्रतिवादीहरु पक्राउ परेको जनाइएको छ । 
पक्राउ पर्नेमा जालसाजी मुद्दामा रु ६ हजार २ सय ५० रुपैया जरिवाना तोकिएका हनुमाननगर कंकालीनी नगरपालिका ६ का वेचनधुरजार यादव,वन मुद्दामा रु २५ हजार ९ सय ३५ जरिवाना तोकिएको साविक दौलतपुर गाविस ३ का सावित्रा थापा,सवारी ज्यान मुद्दामा २ बर्ष कैद रु २१ हजार ५ सय जरिवाना तोकिएको शम्भुनाथ ३ का शंकर रहेका छन् । 
यसैगरी लुटपाट मुद्दामा रु १७ रुपैयाँ ५० पैसा जरिवाना तोकिएको फुलोदेवी खंग, लुटपाट मुद्दामा रु १७ रुपैयाँ ५० पैसा जरिवाना तोकिएको सोही ठाउँका शत्रुधन प्रसाद, कुटपिटल लुटपाट मुद्दामा रु १ सय १० जरिवाना तोकिएको रामप्रसाद मण्डल, कुटपिटल लुटपाट मुद्दामा रु १ सय १० रुपैयाँ जरिवाना तोकिएको सोही स्थानका बुधनी देवी साह पक्राउ परेका छन् । 
पक्राउ परेका उनीहरुलाई   शुक्रबार सप्तरी जिल्ला अदालत दाखिला गरिएको प्रहरी प्रबक्ता डिएसपी पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।