• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्याकुरेल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार चयन

प्याकुरेल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार चयन
उत्तम आचार्य 
कन्चनरुप , १८ पुस ।
एमाले नेता सुमनराज प्याकुरेललाई सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार सर्वसम्मत चयन  गर्दै नेकपा एमाले सप्तरी क्षेत्र नम्बर  १ को क्षेत्रीय समितिको बैठक सम्पन्न भएको छ । कन्चनरुप ७ स्थित आदर्श टोलमा शुक्रबार क्षेत्रिय कमिटीका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मधेस प्रदेशका पुर्व गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठक मञ्चासीन प्रमुख अतिथि पूर्वमन्त्री लेखीसहित अतिथिगण । फोटो : न्यूज टुडे
 बैठकले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सप्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका पुर्व पोलिटब्युरो सदस्य प्याकुरेल र राष्ट्रिय सभाका लागि पुर्व केन्द्रिय सल्लाहकार सदस्य गंगाप्रसाद यादवलाई सर्वसम्मत रुपमा उम्मेदवार  सिफारिस गर्ने निर्णय गरेको एक नेताले बताए । 
बैठकमा सहभागी एमाले नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
नेकपा एमालेका केन्द्रिय सदस्य एवम्  मधेस प्रदेशका पुर्व गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीले अब एमालेका नेता कार्यकर्ताहरु एकजुट भइ चुनावी अभियानमा लाग्नु पर्नेमा  जोड दिए ।
एमालेका केन्द्रिय सदस्य सरिता गिरि यादवले एमालेले गरेका राम्रा कामहरुको जनता माझ गएर जनचेतना फैलाइ चुनावी माहोल सिर्जना गर्न कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्ने बताइन ।
कार्यक्रम संचालन क्षेत्रीय सचीव सरोज राना मगरले गरेका थिए ।