• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक खानको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक खानको मृत्यु
न्यूज टुडे
राजविराज,१७ पुस । 
सखडा–राजविराज भित्री सडक खण्ड अन्तर्गत सप्तरीको राजविराज नगरपालिका-१६, बोरिया स्थित ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते राजगढ गाउँपालिका वडा ६ इनर्वा निवासी २६ वर्षीय आकबर खानको उपचारको क्रममा  बुधबार राती  मृत्यु भएको हो । 
बुघबार साँझ ८ बजे सखडाबाट राजविराजतर्फ जाँदै गरेको  १ त. १२६६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०१–००४ प. ३७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खान गम्भीर घाइते भएका थिए ।  घाइते खानलाई स्थानीय छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएपनि उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानका   २३ बर्षिय तजमुल मियाँ समेत घाइते भएका छन्। घाइते मियालाई छिन्नमस्ता अस्पताल राजविराजमा प्रथामीक उपचार पछि थप उपचारको लागि  विराटनगर पठाएको सप्तरीका प्रहरी  प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए । टाउँको तथा शरीरको विभिन्न भगमा गम्भीर चोट लागेको मियाँको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेकाे डिएसपी पुरीले जानकारी दिए ।
मोटरसाइकल ठक्कर दिने ट्याक्टर चालक विष्णुपुर गाउँपालिका वडा नम्बर १ जमुनी मधेपुरा निवासी ४७ वर्षीय महेशप्रसाद यादवलाई  राती  नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
घाइते खानको अवस्था सामान्य रहेको तथा ट्याक्टर चालकलाई नियन्त्रणमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट सवारी ज्यान मुद्दामा पाँच दिनको म्याद लिएर  अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रबक्ता डिएसपी पुरीले जानकारी दिए ।