• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजगढ गाउँपालिका अध्यक्ष मण्डल अदालत हाजिर

राजगढ गाउँपालिका अध्यक्ष मण्डल अदालत हाजिर
न्यूज टुडे
राजविराज,१७ पुस । 
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डल अदालत हाजिर भएका छन् । तत्कालीन बेल्ही चपेना गाविस ३ स्थितको रामजानकी मन्दिरका महन्थ जन्त्री दास बैरागीलाई कर्तव्य गरि हत्या आरोप लागेका मण्डल बुधबार सप्तरी जिल्ला अदालतमा आफै हाजिर भएको हो । 
मन्दिरको पुजारी लक्ष्मी दास बैरागीको जाहेरीमा अध्यक्ष मण्डललाई समेत प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता भएपछि उनको नाम फरार सूचीमा रहेको थियो । विभिन्न संचारमाध्यममा अध्यक्ष मण्डल हत्या आरोपका प्रतिवादी रहेको समाचार प्रकाशित भएपछि प्रहरीले खोजी गर्दा उनी फरार भएका थिए । 
प्रहरीले खोजी कार्य तीब्र पारेपछि अध्यक्ष मण्डल आफै अदालत हाजिर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार अदालत हाजिर भएका उनको थुनछेक बहस नसकिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी बिहिवार पुनः अदालत हाजिर गराइएको छ । 
उनलाई अदालतमा हाजिर गराई विहिबार समेत थुनछेक बहस जारी रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । 
अध्यक्ष मण्डल फरार भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रेणु देवी मण्डललाई दिइएको थियो ।