आगामी संसदीय निर्वाचनका लागि दलहरुले यस पटक बुझाएको समानुपातिकको सूचीमा पनि नेताका नातागोताका व्यक्तिलाई कतिपय दलले समावेश गरेको भन्दै पार्टी भित्रैबाट विरोध सुरु हुन थालेको छ ।
नेताका छोरा, छोरी, भान्जा तथा अन्य नातामा परेका व्यक्तिलाई समानुपातिकको सूचीमा समावेश गरेको तर पार्टीमा लागेर विगतमा जेलनेल भोगेका अन्य कष्ट झेलेकालाई छाँटेर परिवारवाद, नातावाद, कृपावाद चलाएको भन्दै टिकाटिप्पणी सुरु भएको हो । समावेशी, समानुपातिकको मर्म विपरित पावरको प्रयोग गरेर यसरी आफ्ना नातागोताका मानिसलाई अघि बढाईन्छ भने यसले पार्टीभित्र ने विद्रोह र विग्रह आउँछ भन्ने कुरालाई विर्सन मिल्दैन । लोकतन्त्रका लागि राजनीतिक दलमा सहभागी भई योगदान दिएकाहरुको योगदानको कदर नगर्ने हो भने यसले कार्यकर्तामाथि नै वितृष्णा उत्पन्न हुन सक्छ भन्ने कुरालाई नेतृत्व तहले बुझ्न आवश्यक छ । भर्खरै भएको जेनजी आन्दोलनले पनि यस प्रवृत्तिमाथि विरोध जनाएकै हो । जनताको भावनालाई समेत आत्मसात गरेर यस्तो परिपाटीमा सुधार ल्याउनुपर्नेमा विगतकै प्रवृत्ति दोहो¥याईरहने हो भने पार्टीका इमान्दार तथा निष्ठावान कार्यकर्ताले कसरी आश्वस्त हुने? प्रश्न उठ्नुलाई अन्यथा भन्न सकिन्न । कार्यकर्ताले दुःख झेलेको नेताका नातागोतालाई पदमा आसीन गराउनका लागि अवश्य पनि होईन ।
नेतृत्व तहबाट यसरी आफन्तलाई काखी च्याप्ने र दुःख पाएका कार्यकर्ताहरुलाई पाखा लगाउने काम भईरहने हो भने जनताले पनि परिवर्तनको प्रत्याभूति पाउन सक्दैनन् भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।