सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकालाई बुधवार बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ।बालविवाह न्यूनीकरण गर्दै समाजलाई स्वस्थ्य र सुरक्षित बनाउने उद्देश्यका साथ एक विशेष समारोहका वीच गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
बालविवाह मुक्त गाउँपालिका घोषणा समारोहमा मञ्चासीन गाउँपालिका अध्यक्षसहित अतिथिगण । फोटो : न्यूज टुडे
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले तुल व्यानरमा उल्लेख घोषणापत्र बाचन गरि गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरे ।
कार्यक्रममा बोल्दै वक्ताहरुले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अत्यावश्यक भएको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरेका छन् । ऊनीहरुले बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने, समुदायमा सचेतना फैलाउने र कानुनी व्यवस्था कार्यान्वयनमा सशक्त भुमिका निर्वाह गर्न सबै क्षेत्र सहकार्यमा जुट्नु पर्नेमा जोड दिए ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष अबधेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार बैधनाथ यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकर बहादुर सार्की, बाल कल्याण अधिकारी शैलेन्द्र सिंहले शुभकामान मन्त्वय दिएका थिए ।
दीपक कुमार मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले गरे ।
कार्यक्रम मार्फत बालविवाह विरुद्ध सामुदायिक प्रतिवद्धता सार्वजनिक गरिएको थियो । साथै विद्यालय, अभिभवाक, महिला समूह तथा युवा समुहले बालविाह हुन नदिन सक्रिय भुमिकामा रहने संकल्प समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघ संस्था, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरुको उपस्थिती थियो ।