‘युनिटी एफसी विरेन्द्र बजार’ नव युवा एकता क्लबद्वारा सप्तरीको कञ्चनरुप नगरपालिका ५ प्रिप्रापूर्वमा संचालित १६ औं पचशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । स्थानीय खेलमैदानमा बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा बाबा बजरंगी युवा फुटबल क्लब बेङ्गरीलाई ०-२ गोलान्तरले पराजित गर्दै युनिटी एफसी विरेन्द्र बजार फाइनल प्रवेश गरेको हो ।
गोल आफ्नो नियन्त्रणमा राख्दै यूनिटी एफसीका मिडफिल्डर आयूष सिंदन तामाङ । फोटो : न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलको निर्धारित ६० औं मिनेटको पहिलो हापको खेलमा दुबै टिमले गोल गर्न सकेन ।
खेलको दोश्रो हापको सातौ मिनेटमा विरेन्द्र बजारका जर्सी नम्बर १० का भिम तामाङले १ गोल गरेर टिमलाई अगाडि बढाए भने तामाङले नै खेलको २१ औं मिनेटमा गोल थप्दै टिमलाई ०-२ गोलले अग्रस्थानमा कायम राखे ।
खेलको म्याद अफ द म्याच बजरंगबली युवा क्लब बेङ्गरीका सुमित तामाङ घोषित भएका छन् । उनलाई ट्रफीद्वारा सम्मान गरिएको थियो ।
पुस २२ गते हुने फाइनल खेल यूनिटी एफसी विरेन्द्र बजार र भगनी मलेट फुटबल क्लब वीच हुने प्रमुख रेफ्री अजय कुमार चौधरीले जानकारी दिए ।
खेलका विजेता तथा उपविजेता टिमलाई क्रमशः नगद २५ हजार र १५ हजारसहित शिलड, कप, मेडलद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।