• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वरिष्ठ पत्रकार वैद्यनाथ झालाई मातृशोक

वरिष्ठ पत्रकार वैद्यनाथ झालाई मातृशोक
न्यूज टुडे
राजविराज,१५ पुस । 
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वैद्यनाथ झालाई मातृशोक परेको छ ।  राजविराज ७ निवासी झाकी आमा चन्द्रादेवी झाको मंगलबार साँझ ०५:३० बजे ९५ बर्षको उमेरमा निधन भएको हो । 
घरमै बस्दै आएकी झाको आफ्नै निवासमा निधन भएको पत्रकार झाका परिवारले जनाएको छ । स्वर्गीय झाको बुधबार जातीय परम्परा अनुसार अन्त्यष्टी गरिने बताइएको छ । 
स्वर्गीय झाको १ मात्र छोरा पत्रकार झा र ५ बहिनी छोरी छन् ।