• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधारको माग

गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधारको माग
न्यूज टुडे 
राजविराज,१४ पुस।
इन्टेलेक्चुअल फाउण्डेशन नेपालद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।  फाउण्डेशनका अध्यक्ष डा. सूर्य प्रसाद यादवको नेतृत्वका टोलीले सोमबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अबधेश मिश्रलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । 
ज्ञापनपत्र बुझाउने क्रममा उपस्तिथि विभिन्न विभागीय इन्चार्जहरु । फोटो : न्यूज टुडे
आइसीयूका समान खरिद गरेर पनि तीन बर्षदेखि सेवा संचालन नगरेको प्रति आपत्ति जनाउँदै अविलम्ब संचालन गर्नुपर्ने, यसअघि संचालनमा रहेको एनआइसीयू पटकपटक आगलागी हुने गरेकोले सोही बहानामा बन्द गरिएकोले पुनः सुचारु गर्नुपर्ने, एचडियू सेवा संचालन गर्नुपर्ने, ओपिडी र ईमर्जेन्सी सेवामा नियमित चिकित्सक खटिनु पर्ने, विमा सेवामा तोकिएको औषधि उपलब्ध गराउनु पर्ने, ल्याव परिक्षण अस्पतालबाट हुनुपर्ने, विरामीलाई आवतजावत सहज हुनुपर्ने ,करार सेवामा नियुक्त हुने कर्मचारी दक्ष हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । 
जिल्लाको गौरवको रुपमा रहेको एकमात्र संघीय अस्पताल दिनप्रतिदिन रेफर सेन्टरको रुपमा परिणत भएकोले अस्पताल सुधारमा कडा कदम चाल्न इन्टेलेक्चुअल फाउण्डेशन नेपालद्वारा बुझाइएको ज्ञापनपत्रमा जोडदार माग गरिएको छ । 
ज्ञापनपत्र बुझ्दै मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्रले इन्टेलेक्चुअल फाउण्डेशन नेपालद्वारा उठाइएको माग जायज भएको भन्दै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
उक्त अवसरमा अस्पतालका विभिन्न विभागका इन्चार्जहरुको समेत उपस्थिति रहेको थियो ।