न्यूज टुडे
कञ्चनरुप,१४ पुस ।
ठण्डीबढेपछि सप्तरीको कन्चनरुप नगरपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको छ । नगरपालिकाद्वारा सोमबार एक सूचना जारी गर्दै २०८२ पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा विदा दिएको जानकारी गराएको हो ।
शिक्षा शाखाका शाखा अधिकृत प्रेमकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा जाडो/ चिसो बढेकोले जाडो विदामा कटौती हुने गरि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा ३ दिनका लागि विदा गर्न निर्देशन दिइएको छ ।
‘जडोयाम शुरु भएसंगै यस पालिका क्षेत्रमा समेत चिसो/जाडो वढेकाले जाडो विदाबाट कट्टा हुने गरि मिति २०८२/०९ ।१६ देखि २०८२/०९/१८ गते सम्म ३ (तीन) दिनको लागि विद्यालयमा विदा गर्नुहुन जानकारीको लागि अनुरोध छ।’ नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
बाक्लो कुहिरोसंगै शीत लहरी बढेपछि सप्तरीका आधा दर्जन गाउँपालिकाले विद्यालयमा विदा दिएको छ ।