• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बहु विवाह मुद्दाका प्रतिवादी सरदार पक्राउ

बहु विवाह मुद्दाका प्रतिवादी सरदार पक्राउ
न्यूज टुडे
राजविराज,१४ पुस ।
सप्तरी प्रहरीद्वारा बहु विवाह मुद्दाका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरीकी कविता देवी सरदारलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । 
सप्तरी जिल्ला अदालतबाट बहुविवाह मुद्दामा दोषी ठहर गरी कैद र जरिवाना तोकिएपछि सरदार फरार भएका थिए । 
१ बर्ष ५ महिना १६ दिन कैद सजाय तथा १५ हजार जरिवाना तोकिएका उनलाई खोजतलासको क्रममा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेका सरदरलाई सोमबार सप्तरी जिल्ला अदालत दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।