न्यूज टुडे
राजविराज,१४ पुस ।
नेपाली कम्युनिस्ट पार्टीका नेता छेदी रजक (विमल) सामानुपातिक उम्मेदवार चयन भएका छन् । सप्तरीको रुपनी गाउँपालिका ४ भथौल निवासी उनी दलित कोटाबाट सामानुपातिक उम्मेदवार चयन भएका हुन ।
दलित समुदायमा जन्मिएर देशको मुहार फेर्न र जनताको दुःख हटाउन भनेर जनयुद्धमा होमिएका जुझारु युवा नेता रजकलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक उम्मेदवार बनाएको हो ।
दलित समुदायको आवाज बनेर संधै राजनीतिमा लागेका बिमललाई यसपाली नेपाली कम्युनिष्ट पार्टीले न्याय दिएको भन्दै उनले खुशी व्यक्त गरे ।
सप्तरी जिल्लाबाट प्रतिनीधि सभाको समानुपातिकतर्फ उनी सिफारिस हुनु भएको त छ, अब पार्टी केन्द्रले निर्वाचन आयोगमा बुझाउने बन्द सुचीमा पनि समावेश गरेर पछि विजयी बनाएर सम्मान गरोस् भन्ने उनको अपेक्षा छ ।
पार्टीमा सक्रिय भएर मधेस प्रदेशको युवा आन्दोलनको चर्चित नामबाट चिनिएको बिमल उपनामबाट आफनो छवि बनाएको हो ।विमल सप्तरीको दलित समुदायको घर–घर पुगेर सुख दुःखमा उभिएका नेताको रुपमा परिचित रहेको छ ।
उनी पछिल्लो समय पार्टीको कुनै पनि लाभ पदमा नबसेको ब्यक्तिको रुपमा समेत रहेको छ ।