न्यूज टुडे
राजविराज,१४ पुस ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा छिन्नमस्ता गाउँपालिका.-३ गोविन्दपुर स्थित मुस्लिम टोलका एक अग्नीपीडित परिवारलाई सहयोग गरेको छ । स्थानीय अग्नी पीड़ित मो. रहमत मियाँको परिवारलाई राहत स्वरुप खाद्यान्न, लत्ताकपडा र भाँडाकुडा क्लबले सहयोग गरेको हो ।
संस्थाको तर्फबाट संस्थाको अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले त्रिपाल,साडी,थाल,गिलास,डेकची,कन्ती ,पन्यौ, बाल्टिन,मग,म्याट्रेस, खाद्यान्न लगायतका सामाग्री पीडित मियाँलाई प्रदान गरे ।
राहत वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय सखडाका प्रमुख प्रहरी नायव निरीक्षक राम कुमार यादव,मो.याकुव लगायत स्थानीय भद्र भलादमीहरुको समेत उपस्थिति थियो ।
२०८२ पुस १० गते मियाँको घरमा आगलागी हुँदा २लाख ६५ हजार रूपैया बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।