• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दनुवार जागरण समिति सुरुङ्गा नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न

दनुवार जागरण समिति सुरुङ्गा नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न
न्यूज टुडे
राजविराज,१४ पुस । 
दनुवार जागरण समिति सुरुङ्गा नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । नगर तदर्थ समितिका अध्यक्ष पुष्पराज सिंह दनुवारको अध्यक्षता तथा सुरुङ्गा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष किरण कुमार पोखरेलको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो । 
अधिबेशन उद्घाटन समारोहलाई प्रमुख अतिथि वडाध्यक्ष पोखरेल,दनुवार जागरण समितीकी केन्द्रीय सदस्य घुर्नीदेवी सिंह,पूर्व डिएसपी रुप न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका वरिष्ठ उपाध्यक्ष उपेश कुमार सिंह, दनुवार जागरण समिती सप्तरीका पूर्व अध्यक्ष खेमराज सिंह दनुवार लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
अधिबेशनबाट एकनाथ सिंह दनुवारको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति चयन भएको निर्वाचन संयोजक उपेश कुमार सिंह दनुवारले जानकारी दिए ।