• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना

सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना
उत्तम आचार्य 
कन्चनरुप , ०५ बैशाख ।
सप्तरीको कन्चनरुप १२ श्रावणपुर पौडाहामा सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना भएको छ । कन्चनरुप १२ रुपनगर निवासी समाजसेवी जित बहादुर श्रेष्ठ र उनकी धर्म पत्नी जानुका देवी श्रेष्ठले  प्रदान गरेको मुर्ति एक समारोहका वीच शनिवार मन्दिरमा स्थापना गरिएको हो । 
 कन्चनरुप १२ रुपनगर , श्रावणपुर स्थित पौडाहा खोलाको तटमा रहेको पौडाहा देउराली सामुदायिक बनमा पुरोहितहरुद्वारा यज्ञ गराइ सर्वेश्वारी देवी संसारी माताको प्राण प्रतिस्ठा गराइ मुर्ती स्थापना गरेको गरिएको जनाइएको छ ।
पण्डित सोमनाथ घिमिरे ( कुमार ) पुरोहितद्वय उत्तम आचार्य र केदार नाथ भट्टराई धार्मिक विधि अनुसार यज्ञ , चण्डी पाठ , मुर्तिको प्राण प्रतिस्ठा गरि शंखनाद गर्दै सर्वेश्वरी देवी संसारी माताको विधि पुर्वक मुर्ती स्थापना गराएका थिए ।
सर्वेश्वरी देवी संसारी माताको बैशाख महिनाको शनिवारका दिन संसारी पुजा गरिन्छ ।
खडेरी नलागोस राम्रो संग पानी पार्न र अन्नबाली राम्रो होस भनी सर्वेश्वरी देवी संसारी माताको पुजा गर्ने गरिन्छ ।
सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना सप्तरी जिल्लामै पहिलो रहेको स्थानियहरु बताउँछन् ।
कन्चनरुप नगरपालिकाकी उप प्रमुख मुना कुमारी पोखरेलले देवीको मुर्ती स्थापनाले कन्चनरुपकै प्रतिस्ठा बढेको र स्थापना भएको देवीको परिसरमा आफुले राम्रो बिकास गरि राम्रो धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने बताइन ।
कन्चनरुप १ बैरवा निवासी पुर्व गाविस अध्यक्ष भरतराज शर्माले हरियाली बन , मनोरम दृश्य रहेको ठाउँमा मुर्ती स्थापना हुनु गौरवको बिसय रहेको बताउदै यस क्षेत्रमा पर्यटक आकर्षणको केन्द्र बन्ने बिश्वास व्यक्त गरे ।