• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महुली सामुदायिकको ३१ औं साधारणसभा सम्पन्न : सात करोड ८८ लाखको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत

महुली सामुदायिकको ३१ औं साधारणसभा सम्पन्न : सात करोड ८८ लाखको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत
न्यूज टुडे
राजविराज, १३ पुस ।
महुली सामुदायिक विकास केन्द्र बकधुवाको ३१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामलगन मण्डरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो । 
पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै प्रजिअ पोखरेल । फोटो : न्यूज टुडे
महुली स्थित महुली सामुदायिक विकास केन्द्रको केन्द्रीय कार्यालयको सभाहलमा आयोजित उद्घाटन सभालाई सम्बोधन गर्दै प्रजिअ पोखरेलले महुली समुदायले विपद जोखिम न्यूनीकरण तथा सामाजिक, शैक्षिक, पर्यावरण सम्मुनत समाज निर्माणमा गरेको योगदानको प्रशंसा गरे ।
सम्मान ग्रहण गर्दै पूर्व अध्यक्ष श्यामकान्त चौधरी । फोटो : न्यूज टुडे
उनले राष्ट्रिय दिगो विकास लक्ष्यलाई मुख्य रुपमा प्राथमिकतामा लिएर गरेको कामले स्थानीय सरकार र संघ सरकारको कामकारबाहीमा अमुल्य योगदान गरेको बताए ।  
प्रजिअ पोखरेलले बहुआयामिक क्षेत्रको विकासको लक्ष्य राखी सामुदायिक विकास केन्द्रले चालेको कदम थप प्रभावकारी र विपन्न बर्ग प्रति समर्पित गर्दै पूर्ण सफलता हाँसिल होस भन्दै शुभकामना समेत व्यक्त गरे । 
पूर्व महासचिव श्रवण कुमार जोशीलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रजिअ पोखरेल । फोटो : न्यूज टुडे
सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले महुली सामुदायिकले आफ्नो नगरपालिकाका विपन्न समुदायलाई गरेको सहयोग अविस्मरणीय रहेको बताए ।  आवास विहीनका लागि आवासको व्यवस्था, सरसफाइ, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेको बताउँदै उनले आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 
मन्तव्य व्यक्त गर्दै प्रजिअ पोखरेल । फोटो : न्यूज टुडे
उद्घाटन समारोहमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का वडाध्यक्ष अशोक कुमार आचार्य, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, महुली लघुवित्त वित्तीय संस्थाका  कार्यकारी प्रमुख ( सिओ) सरोज कुमार सिंह,आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था महुलीका प्रबन्धक बोधराज सुवेदी, स्थानीय समाजसेवी हरिचन्द्र सिन्हा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रजिअ पोखरेललाई मायाको चिनो प्रदान गर्दै उपाध्यक्ष सावित्री चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा संस्थाका कार्यकारी सचिब तथा निर्देशक प्रभुनारायण चौधरीले आव२०८२/०८३को  लागि ७ करोड ८८ लाख ६६ हजार ९ सय ९४ रुपैयाँको  बार्षिक बजेट, योजना एवम् नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
यसैगरी सह निर्देशक एवम् कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रगति तथा सांगठनिक प्रतिबेदन प्रस्तुत गरे । संस्थाको परिकल्पना,अभियान,लक्ष्य,क्रियाकलाप, प्राथमिकताको क्रियाकलाप बारे चर्चा गरिएको प्रतिबेदनमा खानेपानी, सरसफाइ, बाताबरणीय जोखिम न्यूनीकरण तथा जिल्ला भिरी ८ हजारबढी सुरक्षीत आवास निर्माण गरि निशुल्क समुदायलाई हस्तान्तरण गरिएको उल्लेख छ । 
महुली सामुदायिक विकास केन्द्रका महासचिव चन्द्रमणी प्रसाद मण्डरद्वारा संचालित कार्यक्रममा स्वागत सावित्री चौधरीले गरिन । 
उक्त अवसरमा प्रमुख अतिथि प्रजिअ पोखरेल, संस्थाका पूर्व अध्यक्ष श्यामकान्त चौधरी, उपाध्यक्ष आशा चौधरी, महासचिव श्रवण कुमार जोशी, सदस्य मिना चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।  कार्यक्रममा प्रजिअ पोखरेललाई बाँसबाट निर्मित राष्ट्रिय झण्डासहित मायाको चिनो प्रदान गरिएको थियो ।