उत्तम आचार्य
कन्चनरुप ,१२ पुस ।
मधेश प्रदेश सभा सदस्य एवम निवर्तमान गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जुटपानी सहिद स्मृती पार्क निर्माण प्रकृयामा श्रमदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका जुटपानी स्थित सहिद स्मृती पार्क निर्माण प्रकृयामा मिहिनेतका साथ अहोरात्र खट्ने रक्तमाला समुहका अध्यक्ष इन्द्र लुइटेल नेतृत्वको कार्यसमितिलाई पूर्व मन्त्री लेखीले धन्यवाद व्यक्त गरेका हुन् ।
पूर्व मन्त्री लेखीले “राष्ट्र बिकाशमा श्रमको महत्वपुर्ण भुमिका रहेको हुँदा सामाजिक कार्यमा श्रमदान गर्ने परिश्रमी हातहरुलाई सम्मान गर्नु पर्ने संस्कारको बिकास हुनुपर्नेमा जोड दिए ।
उनले सहिद स्मृती पार्क निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्णलाई विशेष धन्यवाद र सम्मानको पात्र रहेको भन्दै प्रशंसा समेत गरे ।