• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका विश्वकर्मा जाति संगठित
न्यूज टुडे
राजविराज, १२ पुस । 
सप्तरीमा विश्वकर्मा एकता समाज सप्तरी गठन गरिएको छ । सप्तरीका विश्वकर्मा स्वजातीहरुकाे बाेदे बर्साइनमा शनिबार सम्पन्न भेलाबाट पशुपति विश्वकर्माकाे संयाेजकत्वमा विश्वकर्मा एकता समाज गठन गरेको हो ।
विश्वकर्मा स्वजातीहरुलाई संगठित गर्दै जातीय उत्थान विकास गर्ने उदेश्यले गठित साे समितिकाे सदस्यहरुमा रामानन्द विश्वकर्मा,भगवती विश्वकर्मा, मनाेज कुमार विश्वकर्मा, प्रधुम्न विश्वकर्मा, उमेश कुमार विश्वकर्मा, निर्माेद विश्वकर्मा चयन भएका छन् ।
 यसैगरी सदस्यहरुमा सत्यनारायण विश्वकर्मा, प्रेमबहादुर विश्वकर्मा, सुन्दर विश्वकर्मा, रुपेश विश्वकर्मा, शैलेन्द्र विश्वकर्मा, उमेश विश्वकर्मा, विबेक विश्वकर्मा, आदित्य विश्वकर्मा र बैधनाथ विश्वकर्मा रहेका छन् ।
 विश्वकर्मा एकता समाजकाे बृहत् बैठक यही पुस २५ गते शुक्रबार विहान बाेदे बर्साइनमा  बस्ने र साे बैठकमा सप्तरीको विश्वकर्मा स्वजातीहरुकाे बढी भन्दा बढी सहभागिताका लागि समन्वय गर्ने निर्णय गरेकाे नवनिर्वाचित अध्यक्ष पशुपति विश्वकर्माले बताए । 
 भेलामा विश्वकर्मा स्वजातीका अगुवाहरुकाे सहभागिता रहेकाे थियाे ।