• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ सगरमाथा शाखाको अध्यक्षमा श्याम कुमार

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ सगरमाथा शाखाको अध्यक्षमा श्याम कुमार
न्यूज टुडे
राजविराज,१२ पुस । 
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ सगरमाथा शाखाको अध्यक्षमा श्याम कुमार चौधरी निर्वाचित भएका छन् । सिरहाको लहानमा शनिबार सम्पन्न संघको आठौं अधिबेशन तथा १३ औं साधारणसभाबाट अध्यक्षमा चौधरी चयन भएका हुन् । 
नवनिर्वाचित अध्यक्ष चौधरीसहित अन्य सदस्यहरु । फोटो : न्यूज टुडे
गठित समितिको उपाध्यक्षमा चन्द्र नारायण दास,राकेश कुमार महतो, सचिबमा नरेन्द्र कुमार चौधरी,सहसचिबमा राजदेव चौधरी र कोषाध्यक्षमा निर्मला कार्की चयन भएका छन् । 
यसैगरी समितिको सदस्यहरुमा शुभनारायण यादव,अजय कुमार चौधरी,भागवत महतो,रचना कुमारी यादव चयन भएको निर्वाचन समिति प्रमुख ( प्रमुख निर्वाचन अधिकृत ) सतिश कुमार दत्तले जानकारी दिए । 
यस अघि सगरमाथा शाखा अध्यक्ष संतोष कुमार सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटनसभालाई प्रमुख अतिथि केन्द्रीय अध्यक्ष रितेश रिमाल,  महासचिव साधुराम ढकाल, सचिव केशव शर्मा,  केन्द्रीय सदस्य मधेस प्रदेश इन्चार्ज श्रवण न्यौपाने, केन्द्रीय सदस्य निरज पौडेल, पूर्व  केन्द्रीय उपाध्यक्ष नारायण प्रसाद यादव, लहान नगरपालिकाकी कार्यपालिका सदस्य निर्मल खत्री, संघका मधेस प्रदेश अध्यक्ष रमाकान्त चौधरी, पशु स्वास्थ्य व्यवसाय परिषद मधेस प्रदेश संयोजक विशेश्वर प्रसाद यादव,पर्सा विज्ञकेन्द्रका डा. राज कुमार साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
श्याम कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सदस्य गोविन्द कुमार चौधरीले गरे ।