न्यूज टुडे
राजविराज, १० पुस ।
‘युनिटी एफसी विरेन्द्र बजार’ नव युवा एकता क्लबद्वारा सप्तरीको कञ्चनरुप नगरपालिका ५ प्रिप्रापूर्वमा संचालित १६ औं पचशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय खेलमैदानमा बिहीवार सम्पन्न खेलमा ट्राइब्रेकरमा सुवाटोल बरमझियालाई हराउँदै युनिटी एफसी विरेन्द्र बजार सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित ६० औं मिनेटको पहिलो हापको तेस्रो मीनेटमा बरमझियाका जर्सी नम्बर ३ का मुकेश चौधरीले १ गोल गर्दै टिमलाई अगाडि बढाए ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलको दोश्रो हापको सातौ मिनेटमा विरेन्द्र बजारका थिर लिम्बुले १ गोल गरेर टिमलाई बराबरीमा पुर्याउन सफल भए ।
निर्धारित समयमा बराबरी भएपछि विरेन्द्र बजारले पलान्टीमा लगातार ४ गोल गर्न सफल भए भने बरमझियाले प्रहार गरेको पाँच गोल मध्ये विरेन्द्र बजारका गोल रक्षकले १ गोल रोक्न सफल भएका थिए र अर्को गोल पोल बाहिर हानेपछी युनिटी एफसी विरेन्द्र बजार विजयी भएको प्रमुख रेफ्री अजय चौधरीले बताए ।
खेलका विजेता तथा उपविजेता टिमलाई क्रममा नगद २५ हजार र १५ हजारसहित शिलड, कप, मेडलद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।