सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाको २० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष पारस दाहलको अध्यक्षता तथा पूर्व खेलकुद मन्त्री सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा फत्तेपुरमा बुधबार आयोजित एक समारोहका वीच बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सम्मान ग्रहण गर्दै उत्कृष्ट शेयर सदस्य प्रेम राई । फोटो : न्यूज टुडे
साधारणसभामा अध्यक्ष पारस दाहलले संस्थाको आर्थिक बर्ष २०८१/०८२ को ४४ करोड ५९ लाख १८ हजार २ सय ८८ बराबरको आयव्यय प्रस्तुत गरे भने संस्थाको ब्यब्स्थापकीय प्रतिबेदन ब्यबस्थापक दयाराम भट्टराईले प्रस्तुत गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी पुर्व खेलकुद मन्त्री सत्यनारायण मण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने तर्फ इन्कित गर्दै सहकारीको पैसा खाएर जेल परेका रबि लामिछानेलाई सर्बोच्च अदालतको आदेशको अवज्ञा गर्दै उच्च अदालतको आदेशमा रिहा हुनु कानून विपरीत रहेको जिकिर गरे । उनले बर्तमान कार्की सरकार संविधान मिचेर बनाइएकोले असंबैधानिक सरकार रहेको टिप्पणी गर्दै यसले विध्वंस मात्र चाहेको बताए।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य प्रेम राई , शेयर सदस्यका छोराछोरी २०८१ सालको एसइइ परिक्षामा सहभागी भै उत्कृष्ट अंक प्राप्त गरि उतिर्ण हुने रोहन महत ,सबिना श्रेष्ठ ,सेबिना खडकालाई सम्मान गरिएको थियो।
कार्यक्रममा त्रीयुगा सहाकारीका पुर्व अध्यक्ष शम्भु बहादुर राउत,वडा अध्यक्ष रोहिणी पोखरेल,सप्तकोसी नगरपालिकाका निबर्तमान मेयर उत्तम गौतम लगायतले मन्तब्य ब्यक्त गरेका थिए।