• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा शीत लहरले जनजीवन प्रभावित, विद्यालय बन्द

सप्तरीमा शीत लहरले जनजीवन प्रभावित, विद्यालय बन्द
न्यूज टुडे
राजविराज,०९ पुस । 
बढ्दो शीतलहरका कारण सप्तरीको  जनजीवन प्रभावित भएको छ ।  चिसोका कारण पठनपाठनसहित सेवा प्रभावित भएको हो ।
ठण्डी बढेसंगै बोदेबरसाईन नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय बुधबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । शीतलहरले जीनजीवन प्रभावित भइ बालबालिकालाई विद्यालय आउन जान गर्न असहज भइरहेकाले पुस १३ गतेसम्म सामुदायिक विद्यालय बन्द गरिएको नगर प्रमुख आतेशकुमार सिंहले बताए । 
केही दिनदेखि तराई क्षेत्रमा अत्यधिक चिसो बढेको परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको उनले  जानकारी दिए । बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर विद्यालय बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । 
सप्तरीमा एकहप्ता देखि चिसो हावासंगै बढ्दो शीत लहरले ह्वात्तै ठण्डी बढेको छ । ठण्डी बढेपछि रुघाखोकी, निमोनियाँ तथा स्वासप्रस्वासका रोगीहरुको चाँप  अस्पतालमा बढ्न थालेको छ ।