• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्रहरीद्वारा ८ क्युन्टल ३२ किलो गाँजासहित १ जना पक्राउ

सप्तरी प्रहरीद्वारा ८ क्युन्टल ३२ किलो गाँजासहित १ जना पक्राउ
न्यूज टुडे
राजविराज,०९ पुस । 
सप्तरी प्रहरीले ८ क्युन्टल ३२ किलो लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका ११ का बर्ष २९ को राम कुमार यादवलाई बुधबार लागूऔषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । 
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय सखडाबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोलीले छिन्नमस्ता गाउँपालिका ४ लालपट्टीबाट उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 
नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९६६५ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा पलाष्टिकसहित ३२ वटा पोकामा ८ क्यून्टल ५१ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त गाँजाको पलाष्टीक बाहेकको तौल ८ क्यून्टल ३२ किलो रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए । 
लागूऔषध गाजासहित पिकअप र चालक यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी लागूऔषध कसुर मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट ६ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको डिएसपी पुरीले जानकारी दिए ।