नर्मदेव यादव
रुपनी ०७ पुस ।
बैंक, वितिय संस्था,लघुवित तथा सहकारी संस्थाको प्रमुखहरुले शान्ति सुरक्षाको माग राखी रुपनी गाउँपालिकामा सोमबार ज्ञापनपत्र बुझाएका छन् । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवलाई उनीहरुले विभिन्न १० बुँदे माग सार्दै ज्ञापनपत्र बुझाएका हुन् ।
ज्योति बिकास बैंक शाखा रुपनीका प्रमुखमाथि भएको अभद्र व्यबहार तथा कुटपिट लगायतको घटनाले आफुहरु त्रसित भएको उल्लेख गरिएको ज्ञापनपत्रमा शान्ति सुरक्षाको जोडदार माग गरिएको छ ।
रुपनी बजारमा कार्यलय स्थपना गरि सेवा प्रवाह गर्दै आएका १० वटा संस्थाका प्रमुखहरुले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
रुपनीमा संचालित बैंक अगाडि वित्तीय शोषण विरुद्ध संघर्ष समितिले गरेको विरोध प्रदर्शनलाई लिएर शान्ती सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको उनीहरुले बताएका छन् ।