• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बार दिवसको उपलक्ष्यमा वरिष्ठ अधिवक्ता गौतम सम्मानित

बार दिवसको उपलक्ष्यमा वरिष्ठ अधिवक्ता गौतम सम्मानित
 न्यूज टुडे
राजविराज,०७ पुस ।
उच्च अदालत बार एशोसिएशन जनकपुर – राजविराजले सप्तरीलाई कार्य क्षेत्र बनाई ५ दशकदेखि कानून व्यावसायमा सक्रिय रहेका  ८२ वर्षिय वरिष्ठ अधिवक्ता राम कृष्ण गौतमलाई सम्मान गरेको छ  । ७० औं बार स्थापना दिवसको अवसरमा राजविराजमा सोमबार आयोजित एक समारोहका वीच गौतमलाई सम्मान गरिएको हो । 
प्रभात फेरीमा सहभागी कानून व्यवसायीहरु । फोटो : न्यूज टुडे
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका वरिष्ठतम् न्यायाधीश सुभाष पौडेलले वरिष्ठ अधिवक्ता गौतमलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरे । 
 उक्त अवसरमा एशोसिएसनमा आवद्ध कानून व्यावसायीहरू मानवअधिकारको पालना गरौं, मेलमिलापको माध्यमबाट समस्याको समाधान गरौं, नियम बनाउने मात्र हैन कार्यान्वयन गरौ लगायत नारा सहितको प्लेकार्ड बोकेर प्रभात फेरी गरिएको उच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष धर्मेन्द्र यादवले बताए । 
प्रभातफेरी र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरेर उच्च बार एशोसिएसनको सभाहलमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम  आयोजना गरिएको उनले बताए ।
उक्त अवसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको उच्च अदालत बार एशोसिएसनका कोषाध्यक्ष उमाशंकर देवले बताए ।
राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुभाष पौडेल, न्यायाधीशहरू राम बहादुर थापा,उज्ज्वल शुुक्ल,सरला मोक्तान, ललिश्वर भण्डारी,अच्युतम,दवाडी, नरेश कुमार चौधरी, सुशील कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।