• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान सुरु

दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान सुरु
न्यूज टुडे
राजविराज, ०७ पुस । 
सप्तरीमा दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान सुरु भएको छ । नेपाल तामाङ घेदुङ सप्तरीको आयोजना तथा नेपाल तामाङ साँस्कृतिक घेदुङ एवम् सप्तरीका स्थानीय घेदुङको समन्वयमा संचालित अभियान सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरबाट सोमबार आयोजित एक कार्यक्रमको वीच उद्घाटन गरिएको हो । 
अभियान उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङ सप्तकोशी नगरपालिकाका अध्यक्ष विश्वराज घिसिङको अध्यक्षतामा आयोजित अभियानको प्रमुख अतिथि नेपाल तामाङ संघीय घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम बहादुर घिसिङले पानसमा बत्ती बालेर उद्घाटन गरे । 
अभियान अन्तर्गत ल्होछार पर्वको महत्त्व, विशेषता, आवश्यकता तथा यसको समाजिक मुल्यमान्यता बारे विचार आदानप्रदान तथा गीत संगीतबाट जनजागरण गराउने नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । 
२८६२ औं सोनाम (ता) ल्होछार यसबर्ष माघ ५ गते परेकोले यसको प्रचारप्रसार तथा ल्होछार मान्ने तरीका बारे जानकारी गराउने र तामाङ समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्वन र प्रबर्द्धन गर्दै यसको जगेर्नाका लागि जागरूक गराउन सहयोग पुर्‍याउने अभियानको उदेश्य रहेको नेपाल तामाङ घेदुङ सप्तरीका उपाध्यक्ष जनक बम्जन तामाङले बताए । 
साङ्ग छोइलिङ्ग गुम्वा फत्तेपुरबाट सुरु भएको अभियान सप्तरीका तामाङ बसोबास भएको सबै स्थानीय तहहरुमा संचालन गरि पुस २१ गते राजविराज सदरमुकाम पुगेर समापन गरिने घेदुङका जिल्ला सचिब डिक बहादुर मोक्तानले बताए । 
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित अभियान उद्घाटन समारोहमा स्वागत स्थानीय तामाङ बुद्धिजीवी एजेट न्यासुरले गरे भने  कार्यक्रमको उदेश्य बारे नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले प्रकाश पारे । 
अभियान उद्घाटन समारोहमा नेपाल तामाङ घेदुङ मधेस प्रदेश समिति सदस्य अशोक योन्जन, नेपाल तामाङ घेदुङ सप्तरीका पूर्व अध्यक्ष सन्तमान गोले, जिल्ला सह सचिब तिर्थ बहादुर मोक्तान, सदस्य राम बहादुर योन्जन, नेपाल तामाङ घेदुङ खडक नगरपालिकाका अध्यक्ष सुर्यमान गोले, रुपनीकी अध्यक्ष  भद्र  कुमारी लामा, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष भक्त बहादुर तामाङ, पूर्व अध्यक्ष  सन्जमान तामाङ, कन्चरुप नगरपालिकाका पूर्व अध्यक्ष गोपाल घिसिङ्ग, उपाध्यक्ष लाक्पा तामाङलगायत राष्ट्रिय तथा स्थानीय तामाङ कलाकारहरुको सहभागिता रहेको थियो ।