रामनाथ चौधरी
महुली,०६ पुस ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि सप्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले घरदैलो अभियान सुरु गरेको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा आइतबार रास्वपाबाट प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारहरुले घरदैलो सुरु गरेको हो ।
रास्वपाका समानुपातिक सुचिमा परेका कुमार आनन्द मिश्र,वरुण झा,डा. अंकित ठाकुर,प्रा. वन्दना मिश्रा,पुष्पा चौधरी,रिता चौधरीले महुलीमा भोट माग्दै घरदैलो गरेको स्थानीय नेता अर्जुन कोइरालाले बताए ।
आउदो पुस १२ गते समानुपातिक सुचीमा भाग लिने उम्मेदवारहरुलाई आन्तरिक चुनावबाट छनौट गरिने भएकोले पार्टी सदस्यहरुसंग मत माग्न नेताहरू घरदैलोमा जुटेको उनले बताए ।
मधेसी, थारु तथा अन्य कोटामा बढी मत पाउनेले समानुपातिक बन्द सुचीमा नाम समाबेश गर्ने उनले जानकारी दिए ।
घरदैलो अभियानमा जुटेका नेताहरुलाई स्थानीय नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए ।