• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नोबेल अस्पतालको तीन तल्लाबाट लडेर डा. यादवको मृत्यु

नोबेल अस्पतालको तीन तल्लाबाट लडेर डा. यादवको मृत्यु
न्यूज टुडे
राजविराज,०६ पुस ।
सप्तरीको एकजना चिकित्सकको विराटनगर स्थित नोबेल अस्पतालमा आइतबार मृत्यु भएको छ ।राजबिराज -९ जगदरीका शम्भु यादवको छोरा बर्ष ३३ को अमित कुमार यादवको मृत्यु भएको हो । 
बिराटनगरको नोवेल अस्पतालको छतबाट  विहान ६ बजे लडेको डा.यादवको घटना स्थलमै मृत्यु भएको थियो ।  नोबेल अस्पतालमा इन्टरसीप ( अभ्यास) का लागि बस्दै आएको डा. यादवको आइतबार विहान अस्पताललो तीन तल्लाबाट लडेर मृत्यु भएको परिवारले जनाएको छ । 
घटनापछि परिवारजनमा जानकारी पाएपछि घटना स्थलमा पुगी कोशी अस्पताल विराटनगरमा शव परिक्षण गरि आइतबार साँझ घर ल्याएर अन्त्यष्टी गरिएको स्थानीय सुरेन्द्र यादवले बताए । 
उनका अनुसार डा. यादवले ६ महिने इन्टरशीप गरेर प्रमाणपत्र समेत लिइसकेका थिए । डा. यादवको मृत्यु भएपछि सम्पूर्ण परिवार शोकमा डुवेको छ ।
यसअघि पनि सप्तरीको खुरहुरियाको यदुनन्दन यादवको छोरा डा. बिजय यादवको सोही अस्पतालमा मृत्यु भएको भएको थियो ।  उनको हत्या भएको भन्दै परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनसमेत गरेका थिए ।