• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

द्वितीय विश्व ध्यान दिवसको अवसरमा ध्यान तथा प्रवचन 

द्वितीय विश्व ध्यान दिवसको अवसरमा ध्यान तथा प्रवचन 
न्यूज टुडे
राजविराज,०६ पुस । 
विदेह फाउण्डेशनद्वारा द्वितीय विश्व ध्यान दिवसको अवसरमा राजविराजमा आइतबार ध्यान तथा प्रवचन कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा महासंघको सभाहलमा ध्यान तथा प्रवचन कार्यक्रम आयोजना गरिएको हो । 
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि विश्व ख्याति प्राप्त आचार्य श्री सत्येन्द्र कुमार जीले मानव जीवनमा ध्यान अपरिहार्य रहेको बताए । ध्यानको महत्त्व र आवश्यकता बारे चर्चा गर्दै उनले विभिन्न रोग र तनावबाट मुक्ति पाउन अध्यात्मिक ज्ञान र ध्यानको आवश्यकतामा जोड दिए । 
मानव जीवनमा विकारल हुँदै गएको तनाव न्यूनीकरणमा ध्यानले सकारात्मक सहयोग पुग्ने उनले विश्वास दिलाए । 
कार्यक्रममा आयोजक विदेह फाउण्डेशनका संस्थापक एवम् राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर,निवर्तमान प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायतका सहभागीहरुले ध्यान र ज्ञान पाएकोमा खुशी व्यक्त गर्दै अध्यात्मिक ज्ञान दिएर सकारात्मक दिशामा अगाडि बढाउन कार्यक्रमले टेवा पुगेको बताए । 
उनीहरुले ध्यान तथा प्रवचन  स्वास्थ्यको दृष्टिकोणले पनि अतिमहत्वपूर्ण भएकोले यसको निरन्तरतामा जोड दिए।