बिएम ( बुद्धि ) कार्की एवं कार्की परिवारद्वारा आयोजित बनभोज तथा सम्मान कार्यक्रममा सप्तरीका दुई सक्रिय पत्रकार सहित सय जना सम्मानित भएका छन ।बिएम ( बुद्धि ) कार्की एवं कार्की परिवारद्वारा शनिबार आयोजित बनभोज तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने व्यक्तिहरु । फोटो : न्यूज टुडे
कन्चनरुप १२ धरमपुर स्थित सप्तरीको ऐतिहासिक धारापानी पर्यटकिय स्थलमा बनभोज तथा सम्मान कार्यक्रमको संयोजक उत्तम आचार्यको अध्यक्षतामा तथा १२ नम्बर वडाका वडा अध्यक्ष देबिबहादुर खत्रीको प्रमुख आतिथ्यामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य बृजमान तामाङ , प्रेस चौतारी नेपाल सप्तरी शाखाका सह सचीव उत्सव आचार्य सहित बनभोजमा सहभागी एक सय जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि खत्रीले गम्छा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमको उदेश्यको बारेमा बनभोज तथा सम्मान कार्यक्रमका संयोजक आचार्यले कार्की परिवार असल र इमानदार रहेको र बुद्धि कार्की रुपनगरको प्रगति टोलमा लामो समय बसी स्थानीय लिटिल फ्लावर बोर्डिङ स्कुलमा असल शिक्षकको रुपम काम गर्दा गर्दै अमेरिका जानू भएको बताए ।
उनले लामो समय अमेरिकाको बसाईमा आफू बसेको ठाउँ समाज र आफन्तहरुलाई माया मारेको जस्तो लागेर कार्की बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको जानकारी गराए । संयोजक आचार्यले अहिले बुद्धि कार्की अमेरिकामै रहेको र कार्की सबै जिम्मेवारी आफुलाई दिएको जानकारी गराए ।
बनभोज तथा सम्मान कार्यक्रमका सह संयोजक रमेश दाहालले प्रगति टोल बासीको तर्फबाट कार्की परिवारले प्रगति टोल बासिलाई माया गरि बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरि दिएकोमा कार्की परिवारलाई उच्च सम्मान गर्दै धन्यवाद ज्ञापन गरे ।
बनभोज तथा सम्मान कार्यक्रममा सहभागी राजन संग्रौलाले कार्की परिवारद्वारा आयोजित बनभोज तथा सम्मान कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै अब यस्तो खालको कार्यक्रम बिरलै हुने बताए ।
कार्यक्रम संचालन महेन्द्र जनता मावि वलुवा सितापुरका शिक्षक रमेश प्रसाद तिमल्सिनाले गरेका थिए ।