• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिरहाको लहानमा बिहीबार आयोजित ‘सञ्चार माध्यमको अवस्था र चुनौति’ विषयक एक दिवसीय गोष्ठीका सहभागीहरुले पत्रकारिता र पत्रकारको अवस्थाका बारेमा बृहत छलफल गरेका छन् । 
उनीहरुले खासगरी सप्तरी र सिरहाको पत्रकारिता संकटमा पर्दै गएकोमा स्थानीय सरकारको अनुदार व्यवहारका कारण स्थानीय पत्रकारिताको अवस्था अझै चिन्ताजनक रहेको बताएका छन् । स्थानीय तहका जनताले सामना गर्नु परिरहेका समस्या उजागर गर्दै तिनको समाधानमा सरकारको ध्यानाकर्षण गराउनका लागि स्थानीय पत्रकारिताकै भूमिका बढी प्रभावकारी रहन्छ । अर्को अर्थमा सनयि तह, कुना कन्दराका समस्यालाई उजागर गर्ने भएका कारण त्यस भेगको विकासमा पत्रकारिताले सम्बाहककै रुपमा काम गरिरहेका हुन्छन् । यस अर्थमा स्थानीय सरकारलाई विकासीय काममा पत्रकारिता क्षेत्रको परोक्ष सहयो रहन्छ । यो कुरालाई स्थानीय तहका जनप्रतिनिधिले स्वीकार्ने पनि गर्दछन् । तर जब पत्रकारिता नै संकटमा पर्ने अवस्था आउँदा पनि त्यसलाई टिकाउने प्रश्न उठ्दा तिनै जनप्रतिनिधि उदासीनता देखाउँछन् भने तिनलाई ‘मिडियामैत्री’ कसरी भन्न सकिएला? पत्रकारिता निष्तेज वा कमजोर बन्यो भने त्यस सँगसँगै विकास पनि प्रभावित हुने निश्चित छ ।
लोकतन्त्रका लागि स्वच्छ पत्रकारिता प्राणवायूसरह हु्रन्छ भनेर त्यसै भनिएको होईन । स्थानीय सञ्चार माध्यमले पाउनु पर्ने विज्ञापन बाहिर पठाउने पत्रकारितालाई विकास गर्नु पनि विकासकै एक कडीका रुपमा नसोचिदिने परिपाटीमा सुधारको आवश्यकता छ ।