न्यूज टुडे
राजविराज,०४ पुस ।
सप्तकोसी नगरपालिका १ स्थित रहेको मनकामना बहुमुखी सहकारी सस्थाको १७औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। स्थानीय दुर्गा मन्दिरको सभाहल फत्तेपुरमा शुक्रबार आयोजित एक समारोहका वीच बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले कृषि तथा पशुमा हुने क्षतिलाई नगरपालिकाले गम्भीर रुपमा लिएको बताए।
कार्यक्रममा सस्थाकी लेखा सामिती संयोजक उषा कार्की थापाले आर्थिक बर्ष २०८१/८२ को १४ करोड १७ लाख ८२ हजार सात सय उन्नाईस रुपैया बराबरको आय ब्यय सार्वजनिक गरेकी थिइन भने सस्थाकी ब्यबस्थापक दिपक खाडकाले ब्यबस्थापकीय प्रतिबेदन सार्वजनिक गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथी राष्ट्रिय सहकारी बोर्डका पुर्व सदस्य शम्भु बहादुर खडका,,फत्तेपुर बहुउदेशीय सहकारी सस्थाका अध्यक्ष पारस दाहाल ,सप्तकोसी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोहिणी पोखरेल,कृषक भरत पौडेलले मन्तब्य ब्यक्त गरे ।
५ सय ७४ शेयर सदस्य रहेको संस्थाका अध्यक्ष नसार अहमदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका ब्यब्स्थापक दिपक खडकाले कार्यक्रम संचालन गरेका थिए