• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चौधजना ज्येष्ठ नागरिक सम्मानित
उत्तम आचार्य 
कन्चरुप , ४ पुस ।
बिएम ( बुद्धि  ) कार्की एवम् कार्की परिवारद्वारा आयोजित बनभोज तथा सम्मान कार्यक्रममा १४ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा फलफुल वितरण गरिएको छ । कन्चनरुप १२ रुपनगर  प्रगति टोलमा शुक्रबार बनभोज तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
वनभोज तथा सम्मान  कार्यक्रमका संयोजक उत्तम आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा  सम्मानित हुने ज्येष्ठ नागरिकहरु  ९३ बर्षिय देवि प्रसाद संग्रौला , ८८ बर्षिय सावित्रा तिम्सिना , ८६ बर्षिय चम्पा देवि संग्रौला , ८२ बर्षिय थिरबहादुर श्रेष्ठ , ८१ बर्षिय टिकादेवी कटुवाल , ८० बर्षिय उमादेवी संग्रौला , ७७ बर्षिय देवलाल पौडेल , ७७ बर्षिय सारदादेवी आचार्य , ७६ बर्षिय खेमकुमारी पौडेल , ७६ बर्षिय गिरिजादेवी दाहाल , ७५ बर्षिय बेलकुमारी दाहाल , ७८ बर्षिय भक्तिप्रसाद पाण्डे र ७२ बर्षिय सुशीला पोखरेल रहेका छन ।
कार्यक्रमको उदेश्यको बारेमा बनभोज तथा सम्मान कार्यक्रमका संयोजक आचार्यले कार्की परिवार असल र इमानदार रहेको र बुद्धि कार्की रुपनगरको प्रगति टोलमा लामो समयबसी स्थानीय लिटिल फ्लावर बोर्डिङ स्कुलमा असल  शिक्षकको रुपम काम गर्दा गर्दै अमेरिका जानू भएको बताए ।  लामो समय अमेरिकाको बसाईमा आफू बसेको ठाउँ , समाज र आफन्तहरुलाइई माया मारेको जस्तो लागेर कार्कीले बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको  उनले जानकारी गराए ।
संयोजक आचार्यले अहिले बुद्धि कार्की अमेरिकामै रहेको र कार्की सबै जिम्मेवारी आफुलाई दिएको बताए ।
बनभोजमा सहभागी हुन नसक्ने समाजका अग्रज १४ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान र फलफुल वितरण गरिएको समेत जानकारी गराए ।
भोलि ५ गते शनिबारका सप्तरीको ऐतिहासिक पर्यटकीय स्थल कन्चनरुप १२ धरमपुर धारापानीमा बृहत बनभोज तथा सम्मान कार्यक्रम समेत रहेको  संयोजक आचार्यले बताए । 
कार्यक्रम संचालन महेन्द्र जनता माबी वलुवा सितापुरका शिक्षक रमेश प्रसाद तिमल्सिनाले गरेका थिए ।