• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो वडाध्यक्ष फुटबल प्रतियोगिताको उपाधि आयोजक अग्नीसाइर क्लबलाई

दोश्रो वडाध्यक्ष फुटबल प्रतियोगिताको उपाधि आयोजक अग्नीसाइर क्लबलाई
न्यूज टुडे
राजविराज, ०४ पुस । 
अग्नीसाईर युवा क्लब सितापुर कलौनीद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ इटहर्वा सितापुरमा संचालित दोश्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ  । अग्नीसाइर कृष्णासारन गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा संचालित  फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा महुली एफसीलाई ट्राइबेकरमा पराजित गर्दै आयोजक अग्निसाईर युवा क्लबले उपाधि कब्जा गरेको हो । 
उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै वडाध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
खेलको पहिलो हापको १५ औं मिनेटमा महुलीका जर्सी नम्बर ९ का  भूषण मगरले १ गोल गर्दै टिमलाई अगाडि बढाए  । पहिलो हापकै २२औ मिनेटमा  आयोजक अग्नीसाइरका जर्सी नम्बर ४ का शिशिर लेखीले १ गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याएका थिए । 
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ६० औं मिनेटको खेल अवधीमा दुबै टिमले १/१ गोल गरि बराबरी भएपछि पलान्टीमा ०- ३ गोलले महुलीलाई पराजित गर्दै आयोजकले उपाधि हात पारेको प्रमुख रेफ्री जयप्रकाश चौधरीले जानकारी दिए ।
विजेता टिमलाई पुरस्कार वितरण गर्दै वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष चौधरी । फोटो: न्यूज टुडे
जितसंगै विजेता टिमले नगद २५ हजार पाँच सय र उपविजेता टिमले १५ हजार पाँच सय नगद पुरस्कारसहित  शिल्ड, कप, प्रमाणपत्र, मेडल प्राप्त गरे । 
विजेता टिमलाई प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष गया प्रसाद चौधरीले पुरस्कार प्रदान गरे भने उपविजेता टिमलाई वडा नम्बर २ का वडाध्य्क्ष पशुपति प्रसाद चौधरीले पुरस्कार हस्तान्तरण गरे ।
म्यान अफ द सिरिज प्रदान गर्दै पत्रकार बृजमान तामाङ । फोटो : न्यूज टुडे
यसैगरी प्रतियोगिताको म्यान अफ द म्याच शिशिर लेखी,म्यान अफ द सिरिज अजित चौधरी,वेष्ट डिफेन्स रोशन चौधरी, हाई स्कोरर निरज चौधरी बेष्ट मिड फिल्डर भुसन मगर र बेष्ट गोलरक्षक रेम्बो चौधरी घोषित भएका छन् । 
म्यान अफ द म्याचको उपाधि ग्रहण गर्दै खेलाडी शिशिर लेखी । फोटो : न्यूज टुडे
उनीहरुलाई आयोजक समितिका अध्यक्ष राम कुमार चौधरी, पत्रकार बृजमान तामाङ, बेचन प्रसाद चौधरी, गाउँपालिका उपाध्यक्षकी प्रत्यासी उम्मेदवार निशा चौधरी, साविक सितापुर गाविसका उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरी, कार्यपालिका सदस्य श्रीकुमारी चौधरीले कप प्रदान गरि सम्मान गरे ।  
आयोजक समितिका अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादव , जिल्ला फुटबल संघका सिताराम चौधरी, समाजसेवी तुलसी चौधरी, कार्यपालिका सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।
कार्यक्रम संचालन चर्चित उद्घोषक प्रविण कुमार चौधरीले गरेका थिए ।
प्रतियोगितामा युनिटी एफसी विरेन्द्र बजार, राजजी युवा क्लब हरकट्टी मोहनपुर, आयोजक अग्नीसाइर युवा क्लब सितापुर कलौनी,  सामुदायिक युवा क्लब मुसहरनिया,नेपाल पुलिस क्लब राजविराज,कठौना युवा क्लब कठौना,कुशहा एफसी कुशहा र महुली एफसी महुली गरि ८ वटा टिम सहभागी रहेको छ । 
यसअघि  सम्पन्न महिलामैत्रीपुर्ण खेलमा युनिटी एफसी विरेन्द्र बजारले जित हाँसिल गरेको छ । महुली एफसीलाई ०-१ गोलले पारिजात गर्दै विरेन्द्र बजारले जित हँसिल गरेको आयोजक समितिका मिलन चौधरीले जानकारी दिए ।