न्यूज टुडे
राजविराज,०४ पुस ।
पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित बनौलीमा शुक्रबार सडक अवरुद्ध गरिएको छ । लामो समय सडक खनेर अलपत्र छोडेपछि दिनहुुँ दुर्घटना वृद्धि भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेको हो ।
विहान ११ बजेदेखि बाँस र बाँसको कर्ची, ढुङ्गा, मुढा बाटोमा राखेर स्थानीयबासी विरोधमा उत्रिएपछि उक्त सडक भएर चल्ने सवारीसाधन बाटोमै रोकिएको थियो ।
सडक खनेर अलपत्र छोड्दा धुलो, उड्ने, दैनिक दुर्घटना हुने जस्ता समस्याले हैरान भएपछि आन्दोलनमा उत्रिनु बाध्य भएको स्थानीय राम सुकुमार यादवले बताए ।
समस्या बारे सडक डिभिजन, स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीको पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको स्थानीय रामकृष्णा यादवले बताए ।
स्थानीय रामविलास यादवले बर्षौदेखि घर भत्त्काउन लगाएर सडक निर्माण नगर्दा आफूहरुले सार्है सास्ती खेप्नु परेको बताए । उनले धुलो र हिलोले घरवरिपरि बाताबरण दुषित हुँदा अनेक रोगको शिकार हुनुपरेको दुखेसो सुनाए ।
पटकपटक सडक निर्माणका लागि खबरदारी गर्दा समेत झुक्याउने मात्र गरेकोले अविलम्ब सडक निर्माण गर्ने ग्यारेन्टी नभएसम्म सडक अवरुद्ध जारी राख्ने स्थानीय ललन शर्माले बताए ।
स्थानीय प्रविण यादवले शान्तिपूर्ण संघर्षबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
उक्त सडकखण्डको बनौलीदेखि डिमनसम्मको ५ सय मिटर सडक निर्माण कार्य अधुरो छोड्दा आवतजावत कठिनाइ हुने गरेको छ