• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गँहु बीउ उपलब्ध नहुँदा किसान चारैतिर भाैतारिदै  

गँहु बीउ उपलब्ध नहुँदा किसान चारैतिर भाैतारिदै  
रामनाथ यादव
राजविराज , ०३ पुस। 
 खेत जाेतेर तयारी अवस्थामा राख्दा पनि उन्नत जातका गँहुको बीउ नपाएपछि सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकाका किसानहरु यतिबेला चारैतिर भाैतारिदै आएका छन् ।  गँहु छर्ने वेलामा विगत दुई हप्ता देखि गँहु वीउ खरिद गर्नका लागि दिनहुँजसो राजविराज ,हनुमान नगर,भारतकाे कुनाैली वजार गरेको वढी मूल्यमा बीउ खरिद गर्न  उनीहरु वाध्य भएका हुन् ।
 गँहुकाे बीउ अभावका कारण वाली लगाउन समस्या भएको स्थानीय एक किसानले बताए । समस्या दुई चार जनाकाे मात्र हाेइन , सिंगो तिलाठी काेइलाडी गाउँपालिकाका किसानले यतिबेला गँहुकाे बीउ अभावका कारण सास्ती झेल्नु परेको उनको भनाइ छ । गँहुकाे बीउ खरिदका लागि गाउँपालिकाले समयमा टेण्डर मार्फत बीउ खरिद गर्न नसक्दा गँहुको बीउ उपलब्ध गराउन ढिलो भएको कृषि शाखाले जानकारी दिएको  छ । 
कृषि ज्ञानकेन्द्र राजविराजका प्रमुख  किसुनदेव राउतका अनुसार सप्तरीका लागि ८१ हजार ६ सय ८८ हेक्टर खेती याेग्य जग्गा मध्ये २९ हजार ४ सय  हेक्टर गँहु खेती याेग्य जमिन रहेकाे जानकारी दिए ।
‘यहाँ प्रसस्त कृषि याेग्य जमिन भएपनि खाद्यान्नकाे प्रमुख धानवाली पछिकाे दोस्राे खाद्यान्नवाली गँहु वाली नै हाे’उनले भने, ‘तर गँहु खेती गर्नका निमित्त उन्नत जातका बीउ खरिद गर्न नपाउनु दु:खद पक्ष हो। ‘
स्थानीय किसान महावीर यादवले किसानहरुले  कृषि उत्पादनमा आत्मनिर्भर बनाउन समयमा वीउविजन मलखाद सिचाइको सुविधा पाउनु पर्ने बताए । 
 अभावको वीच उत्पादित बस्तुको उचित मूल्य नपाएर खेतीपाती गर्न मनाेवल घटन थालेका उनको भनाइ छ । 
उन्नत जातका गहुँको बीउको अभाव भएको गुनासो गर्दै उन्नतजातको बीउ नपाउँदा गहुँबाली लगाउन अझै नसकिएको किसान तेज नारायण साहले वताए ।
उन्नत जातको बीउ नपाउँदा स्थानीय कृषकले न्यून गुणस्तरको गहुँको बीउ सीमावर्ती भारतीय बजार क्षेत्रबाट किनेर ल्याउने गरेको स्थानीय किसान देवेन्द्र यादवले वताए ।
सरकारले ५० प्रतिशत अनुदानमा गँहुको बीउ वितरण गर्दै आएकाे छ । तर डिलर र पसलले उन्नत जातकाे गँहु बीउ ३ हजार ८ सय रुपैयामा ४० किलोको वाेरा खरिद गरेकाे राजकुमारी यादवले वताए ।  उनका अनुसार किसानले प्रति क्वीन्टल ९ हजार ५ सय रुपैया वाेरा अर्थात किलो ९५ रुपैयाँमा  खरिद गर्न वाध्य भएका छन् । सरकारले आवाश्यकता भन्दा कम गहुँको बीउ आपूर्ति गर्दा वितरण गर्न निकै समस्या परेको राजविराज नगरपालिका १४ पर्साहीका सत्यनारायण मंडलले बताए ।
जिल्लाका लागि इटहरीस्थित राष्ट्रिय बीउबिजन कम्पनी पूर्वाञ्चल क्षेत्रीय कार्यलयबाट प्रशोधित गौतम, आदित्य, विजय, एनएल ९७१, र भुकुटी जातका गुणस्तरीय र उन्नत जातको गहुँको बीउ आयात भएको तर मागअनुसार कम भएको ज्ञानकेन्द्रले जनाएको छ ।
यहाँ उर्वर भूमि त उपलब्ध छ । तर यसकाे सदुपयोगका लागि खेती अझै गर्न वाकी नै देखिन्छ । कृषि क्षेत्रकाे उत्थानका लागि मल,बीउ,सिचाइ तथा किटानाशक औषधीकाे समेत उपलब्धता नभए पछि समस्या माथि समस्या थपिने गरेको स्थानीय राम प्रसाद रजकले जानकारी दिए ।
 गँहु खेतीकाे समयमा अनुदानको बीउ नपाउँदा निकै सास्ती भाेग्नु परेको  किसानहरुको गुनासो छ। यसरी वितरण गरेकाे गँहु वीउमा कालाेवजारीका कारण तीन गुणासम्म वढी मूल्यमा किन्नुपरेकाे किसानकाे भनाइ रहेकाे छ ।