न्यूज टुडे
राजविराज,०३ पुस ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहिवार इन्धन बोक्ने ट्यांकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। स्थानीय विनोद मेहताको छोरा बर्ष ४ का सचिन मेहताको उपचारको क्रममा मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७ नम्बरको ट्यांकरले ठक्करबाट गम्भीर घाइते बालकको उपचारको क्रममा अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते बालकको युनिक अस्पताल रायपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि विराटनगर लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
मृतक बालक शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्यांकरलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुपनीका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम चौधरीले जानकारी दिए ।