• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बैंक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा दुइजना पक्राउ

बैंक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा दुइजना पक्राउ
न्यूज टुडे
राजविराज,०१ पुस । 
ज्योति विकास बैकका कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाइ दुर्व्यवहार गरेको आरोपमा मंगलबार दुइजना पक्राउ परेका छन् ।  सप्तकोशी नगरपालिका वडा नम्बर ७ का  ५२ बर्षीय संजीब कुमार चौधरी  र अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर १ का ४७ बर्षीय उमाकान्त चौधरीलाई प्रहरी नियन्त्रणमा लिएको हो ।
कर्जा असुली गर्ने कार्यमा सप्तकोशी नगरपालिकामा २४ मंसिरमा खटिएका ज्योति विकास बैंक लिमिटेड कलष्टर कार्यालय बर्दिवासका कर्मचारी सुनित श्रेष्ठ र सबिन कुमार श्रेष्ठलाई सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिभित्र लगी कालोमासो दलेर जुत्ताको माला लगाइएको थियो ।
 सुनित श्रेष्ठले हातमा लगाएको दश आनाको सुनको औंठी र सुनको सिक्री समेत लुटेर कुटपिट गरेको तथा कालोमोसो दल्ने जस्ता अमानवीय व्यवहार गरेका थिए । 
पक्राउ परेकाहरुबिरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरको मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त घट्नामा सप्तकोशी नगरपालिकाका उप मेयर रिता कुमारी चौधरीको पनि संलग्नता रहेको तथा हाल उनी फरार रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए ।