• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशीमा संचालित १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

सप्तकोशीमा संचालित १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
शिव प्रसाद आचार्य
फत्तेपुर, ०१ पुस ।
सप्तकोसी नगरपालिका नगर शिक्षा ,युवा तथा खेलकुद शाखाद्वारा सन्चालित १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न भएको छ । माध्यमिक विद्यालय ओद्राहाको खेल मैदानमा  मंगलबार आयोजित एक समारोहका वीच प्रतियोगिता समापन गरिएको  हो । 
                       
द्वितीय पुरस्कार ग्रहण गरिदै । फोटो : न्यूज टुडे
प्रतियोगितामा १४ संवरण,१० रजत र १ काश्य संगै माबि गोबर्धन प्रथम  भएको छ भने १० स्वर्ण ,८ रजत र ५ काश्य सहित माबि ओद्राहा दोस्रो भएको छ । सप्तकोसी १ मा रहेको राष्ट्रिय  माबि फत्तेपुर ३ स्वर्ण,७ रजत र १० काश्य सहित तेस्रो भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जय प्रकाश चौधरीले बताए।
तृतीय पुरस्कार ग्रहण गरिदै । फोटो : न्यूज टुडे
तीन दिन देखि जारी प्रतियोगितामा नगर भरिका १० सस्थागत र ११ सामुदायिक गरि कुल २१ बिधालयका ५ सय २७ बिद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।  नगर स्तरिय खेलखुद प्रतियोगितामा १ सय ३८ पदकका लागि खेल आयोजना गरिएको थियो। 
प्रतियोगितामा भलिबल,कबड्डी ,हाइजम्प,लङजम्प,सर्टपुट, रिले,लगायतका खेल आयोजना गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत पुरशोतम ढकालको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय विद्यालयका खेलाडीहरुलाई प्रमुख प्रशासकीय अधिकृत ढकाल, प्रशासन शाखा प्रमुख प्रकाश सुवेदी ,वडा अध्यक्ष जाहिर हुसेन देबकान्त गोजेवार, जयराम खंग,डोलेस्वर खडगा,गोसाइ चौधरी कार्यपालिका सदस्य राजेन्द्र बिक,प्रअ कप्लेश्वर यादब,दिपेन्द्र यादब,शिव आचार्य लगायतले पुरुस्कार बितरण गरेका थिए। 
 कार्यक्रम सान्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी बिष्णु माया नेपालले गरेकी थिइन।