• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनआकांक्षा पूरा गर्न उज्यालो नेपाल पार्टी : डा. चौधरी

जनआकांक्षा पूरा गर्न उज्यालो नेपाल पार्टी : डा. चौधरी
न्यूज टुडे
राजविराज,०१ पुस ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवम् सप्तरी-काठमाडौं मञ्चका संयोजक डा. दिपक चौधरीले जनआकांक्षा पूरा गर्न उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताएका छन् । सप्तरीको राजविराजमा मंगलबार पत्रकार सम्मेलन गर्दै जनताको निराशालाई आशामा बदल्न राष्ट्रिय विकल्पको रुपमा पार्टी स्थापना गरेको बताएका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै डा. चौधरीले यसै संविधानलाई टेकेर चुनावमा सहभागी भएर बहुमत ल्याएर संविधान संशोधन गरि सुशासन र समृद्धिको यात्रा पुरा गर्ने नीति लिएर अगाडि बढेको बताए । उनले चुनावको उपयोग गरी जेनजी  बिद्रोहको परिबर्तनको एजेन्डालाई संस्थागत गर्ने पार्टीको प्रमुख नीति रहेको बताए । 
पार्टीको संरक्षक कुलमान घिसिङको नेतृत्वमा पार्टी गठन भएको उल्लेख गर्दै उनले कुलमानको अनुभव, सोच र विचारबाट आम जनतालाई दिएको सेवालाई थप प्रभावकारी बनाउन पार्टीको संगठन निर्माणलाई तिब्रता दिएको बताए । 
सप्तरीमा स्थानीय तहहरुमा संगठन विस्तार भइरहेको तथा छिटै जिल्ला कार्यसमिति गठन गर्ने पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।  उज्यालो नेपाल पार्टीले सबै जिल्लाबाट उम्मेदवारी दिने तयारी भएको उनले पत्रकार सम्मेलनमा बताए । 
उनले बुधबार  विस्तारित  जिल्ला भेला गरि संगठन निर्माण कार्यलाई थप प्रभावकारी बनाउने जानकारी दिए । 
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य इन्जिनियर तेज नारायण यादव,काठमाडौ-सप्तरी सम्पर्क मञ्चका सह संयोजक हर्ख नारायण चौधरी, सचिब प्रमानन्द साह,सह सचिव इन्द्र कुमार चौधरीको समेत उपस्थिति थियो ।