• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद प्रतिरक्षा सामाग्री हस्तान्तरण

गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद प्रतिरक्षा सामाग्री हस्तान्तरण
न्यूज टुडे
राजविराज,०१ पुस । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद जोखिम प्रतिरक्षा विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी बल  सुरक्षा बेस कलौनी सितापुरलाई गाउँपालिकामा मंगलबार आयोजित एक कार्यक्रमको वीच विपद जोखिम प्रतिरक्षा विभिन्न ११ वटा सामाग्री हस्तान्तरण गरेको हो । 
विपद प्रतिरक्षा सामाग्री ।
गाउँपालिका प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले सुरक्षा बेसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अशोक यादवलाई आगलागी तथा बाढीको जोखिमबाट बचाउन प्रयोग गरिने सामग्री हस्तान्तरण गरिन ।
 आगलागी, बढी जस्ता जोखिमको क्षति न्यूनीकरण गर्न तथा घटनामा उद्वारमा खटिने सशस्त्र प्रहरी बललाई आवश्यक  हुने  थोरै सामाग्री सहयोग गरेको कार्यबाहक अध्यक्ष चौधरीले  बताइन् ।  उनले  यस्ता सानो कामले पनि सशस्त्र प्रहरीको मनोबल र हौसला उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन । 
सशस्त्र प्रहरी निरीक्षक यादवले विपदमा खटिदा आवश्यक सामाग्री प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यसको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
गाउँपालिकाद्वारा सहयोग सामाग्रीहरुमा लाडक ज्याकेट,हेल्मेट,फायर माक्र्स,लाईफ व्वाई फायर पेन्ट फायर बाल्टिन,फायर सुट, गम बुट , फायर स्प्रे, स्ट्राइकर लगायतका छन् ।