न्यूज टुडे
राजविराज,१८ कात्तिक ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ मा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
घरायसी विवादका कारण श्रीमान सिरहाको मिर्चैया नगरपालिका बडा नम्बर १० घर भएका रतन सदाले बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका थिए । कात्तिक ११ गते सप्तरी स्थित माईती घरमै सदाको टाउकोमा बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएकी थिइन् ।
बन्चरो प्रहारबाट गम्भिर घाइते सुनितालाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा आर्थिक अभावको कारण त्यहाँबाट फर्काइएको थियो ।
मिर्चैया १० मथलेश्वर स्थित घर ल्याउँदा घरमै उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जनाकारी दिए ।