न्यूज टुडे
राजविराज,१७ कार्तिक।
सप्तरीको तिरहुत गाउँपालिकाको कार्यालयमा सोमबार तालावन्दी गरिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष अनुपस्थित रहेको भन्दै स्थानीय युवाहरुले गाउँपालिका कार्यालयमा ताला लगाएको हो ।
गाउँपालिका अध्यक्ष विजय कुमार यादव उपाध्यक्षसहितका जनप्रतिनिधिलाई गाउँपालिकामा खोज्दा नभेटेपछि तालावन्दी गरिएको एक युवकले बताए। गाउँपालिका अध्यक्ष र उपाध्यक्षसंग काम पारेर सेवा लिन एकहप्ता देखी दिनहुँ धाउँदा समेत कार्यालयमा नभेटिएको उनले गुनसो गरे ।
अध्यक्ष र उपाध्यक्ष उपस्थिति नभएसम्म गाउँपालिका कार्यालयमा लगाएको ताला नखोल्ने युवाहरुले बताए। आफूहरुले लगाएको ताला जबरजस्ती खोलिए गाउँपालिका कार्यालयमा आगो लगाउने उनीहरूले चेतावनी दिए ।