न्यूज टुडे
राजविराज, ११ कार्त्तिक ।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित डिठा पोखरी मा मंगलबार पौडी खेल्ने क्रममा एक जनाको डुवेर मृत्यु भएको छ। स्थानीय ५० वर्षीय सुरज रामको पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो ।
राम डुबेर बेपत्ता भएको खबर पाउनासथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको करिब ३० मिनेटपछि सुरज रामको शव पोखरीमै मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपूरले जनाएको छ ।