सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौतामा बुधवार भव्यताको साथ सामाचकेवा महोत्सव २०८२ मनाइएको छ । थारू कल्यणकारिणी सभा रूपनी गाउँपालिकाको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा सामा चाकेवाको आकृति भएको सयौ डाली प्रदर्शन गरी सामा चकेवा महोत्सव मनाइएको हो ।
महाेत्सवमा प्रदर्शनमा राखिएको सामाचकेवाको विभिन्न मुर्तीसहितको डाली। फोटो: न्यूज टुडे
आयोजक समितिका अध्यक्ष गोपाल प्रसाद चौधरीको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमूख आतिथ्यमा एक भव्य समारोहका वीच सामा चकेवा महोत्सव मनाइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यादव,थारु कल्याणारिणी सभाकी केन्द्रीय सदस्य दिल कुमारी चौधरी, शिव नारायण थारू, प्राध्यापक महेश चौधरी, रुपनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष बेचनी देवी सरदार, थाकस सप्तरीका सभापति भुपेन्द्र प्रसाद चौधरी,नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ, वडा सचिव सचिव गिरधर मेहता, समाजसेवी रामानन्द ठाकुरलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै सामा चकेवा पर्वको महत्त्व बारे चर्चा गरे ।
मावि तेरहौताका शिक्षक दिपेन्द्र कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत आयोजक समितिका सदस्य भारत कुमार चौधरीले गरे ।
मावि तेरहौताको खेलमैदानमा आयोजित कार्यक्रममा सयौंको संख्यामा डाली प्रदर्शन गरिएको थियो भने थारु तथा तामाङ समुदायका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सामाचकेवाको कथामा आधारित पौराणिक गीत तथा नृत्य समेत प्रस्तुत गरिएका थिए ।
उक्त अवसरमा डाली प्रदर्शन गर्नेहरूलाई गम्छा टिका लगाएर सम्मन समेत गरिएको थियो ।